२०८१ कार्तिक ९, शुक्रबार १२:२२

सत्तारूढ दलको बैठक शुक्रबार दिउँसो तीन बजे बस्दैछ।

बालुवाटारमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

देशको पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्य सम्पादन लगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा सात बुँदे सहमति भएर केपी शर्मा ओली प्रधानमन्त्री बनेका हुन्।

सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन्। जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति, जनमत पार्टीले सरकारलाई समर्थन गरेका छन्।

Comment

Related News

Latest News

Trending News