नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलका केन्द्रीय सदस्य रवि साहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषामा सहभागी भएका एक छलफलको क्रममै प्रहरीले केन्द्रीय सदस्य साहलाई प्रहरीले हिरासतमा लिएका छन् । उनलाई हिरासतमा लिएपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका– १९ स्थित शिवपुरमा रहेको जनता माध्यमिक विद्यालयमा भएको अनियमितताबारे अभिभावकहरुले प्रधानाध्यापकसंग सोधखोज गर्दा पनि सूचना पारदर्शी नगरेको भन्दै प्रहरी कार्यालयमा निवेदन दिका थिए ।
सो निवेदन उपर शुक्रबार छलफलका लागि विद्यालयका प्रधानाध्यापक, सो वडाका वडा अध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत उपस्थित रहेका थिए । प्रहरीकै रोहबरमा भएको सो छलफलको क्रममा रवि साहलाई एकाएक पक्राउ गर्दै हिरासतमा लिएपछि आफूहरु जिप्रका घेराउ गर्दै नारावाजीसमेत गरेको एक कार्यकर्ताले बताए ।
सो प्रदर्शनका क्रममा कांग्रेस धनुषाका सभापति योगेन्द्र पँजियारले गल्ती गर्नेलाई प्रहरीले पक्राउ नगरी संरक्षण गर्ने र विद्यालयमा भएको अनियमितता खोज्नेलाई पक्राउ गर्नु दुःखद भएको प्रतिक्रिया दिए ।