अपडेट 
२०८१ कार्तिक १०, शनिबार ०८:२८

रौतहटस्थित सशस्त्र प्रहरीको टोलीले नलकटुवा पेस्तोल र गोलीसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटहरिया नगरपालिका ३ का वर्ष २६ का कमोद राम चमार र वर्ष ४४ को नेमालाल साह बानिया रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए ।

शुक्रवार साँझ गुजारा नगरपालिका ३ धन्सार गेट नजिकै विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय, ईन्टेलिजेन्ट ब्युरो र सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटबाट गएको संयुक्त टोलीले ज४ प नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो।

चेकजाँचको क्रममा मोटरसाइकलमा सवार चमार र बनियाको साथ बाट १ थान नलकटुवा पेस्तोल र ३ थान ७.६२ एमएमको गोली बरामद भएको एसपी हुमागाईंले जानकारी दिए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

Comment


Related News