अपडेट 
२०८१ कार्तिक १०, शनिबार १५:४८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारविरुद्ध गरेको खबरदारीसभालाई गम्भीरतापूर्वक लिन चेतावनी दिएका छन् ।

सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै उनले आजको सभाको सन्देशलाई बुझ्न आग्रह गरे ।

उनले भने, ‘भनिन्छ, बिहानले दिउँसोको संकेत गर्छ, यो खबरदारीसभाको सन्देशलाईलाई सरकारले गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने संकेत यही सभाले गरेको छ । यसमा गम्भीर हुन सरकारलाई चुनौती दिन्छौं ।’

प्रचण्डले बाढीपहिरोको विपद्‍मा सरकार चुकेको भन्दै यस्तो गल्ती नदोहोर्‍याउन सरकारलाई चेतावनी दिए ।

Comment


Related News

Latest News

Trending News