अपडेट 
२०८१ कार्तिक ११, आईतवार ०७:५८

नेपाल बार एशोसिएशन जनकपुरमा अध्यक्षसहित लोकतान्त्रिक समूहका सबै उम्मेदवारहरु निर्वाचित भएका छन् ।

अध्यक्षमा विमलकुमार मिश्र निर्वाचित भएका छन् भने उनमा प्रतिद्वन्दी रेखाकुमारी झाले ३४ मत ल्याएकी छन् । नवनिर्वाचित अध्यक्ष मिश्रले ८७ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा लोचन साह १०० मतले निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्दी चतुर्भुज झाले ४३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सचिवमा अब्दुल अजिज आलमले १०० मत प्राप्त गरी निर्वाचित भएका छन् भने केशव कुमार यादवले ४१ मत मात्रै ल्याउन सके । सहसचिवमा अञ्जु मण्डल निर्विरोध निर्वाचित भएकी छन् भने कोषाध्यक्षमा हेमन्त कुमार कर्ण ७१ मतले निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी वासुदेव प्रसाद साहले ६६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सदस्यहरुमा राकेश कुमार साह (ए), मदन साह, मदन प्रसाद पाण्डेय, संजिव झा, गंगा प्रसाद साह, सर्वोदय ठाकुर, हिमांशु शर्मा निर्वाचित भएका छन् भने महिला सदस्यमा उमाकुमारी यादव निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News