अपडेट 
२०८१ कार्तिक १२, सोमबार १०:३६

प्रहरीको गस्ती टोलीले स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला ढाका थाना क्षेत्र अन्तर्गत फूलवरीया गाउँका ४८ वर्षीय त्रिभुवन चौधरी रहेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार आइतबार साँझ सीमावर्ती भारतीय बजार बैरगनिया बाट मोटरसाइकलमा गौर आएका चौधरीलाई अस्थायी प्रहरी पोस्ट महादेव पट्टीको टोलीले चेकजाँच गर्दा उनले बोकेको नाइलनको झोलामा ५ सय थानको नेपाली ५ लाख रुपैयाँ बरामद भएको थियो ।

बरामद रुपैयाँ मोटरसाईकल सहित भारतीय नागरिक चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

Comment


Related News

Latest News

Trending News