अपडेट 
२०८१ कार्तिक १२, सोमबार ११:०१

रौतहटमा प्रहरीको गस्ती टोलीले तस्करीको विभिन्न सामानसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राजदेवी नगरपालिका ६ बस्ने वर्ष ३५ का सञ्जीव यादव र वर्ष २९ का वीरेन्द्र यादव रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।

राजदेवी-६ पताहीमा बीआर ३० ई ७३२४ नम्बरको मोटरसाइकलमा भारतीय बजार बैरगनियाबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको ६८ हजार ८४० रुपैयाँ बराबरको कपडासहित उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको प्रवक्ता रायले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई कपडा मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

Comment


Related News

Latest News

Trending News