अपडेट 
२०८१ कार्तिक १३, मंगलवार १८:५८

नेपाल चिकित्सक संघले प्लास्टिकजन्य वस्तुको प्रयोगले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने भन्दै रोक लगाउन  सरकारलाई  आग्रह गरेको छ ।

आज एक विज्ञप्ति निकाल्दै संघले प्लास्टिकबाट सिर्जित प्रदूषणले मानिसको स्वास्थ्यमा गम्भीर असर पुग्न गई क्यान्सर जस्तो जटिल रोगको जोखिम बढ्ने खतरा भएकाले रोक लगाउन आग्रह गरेको हो ।

दिन प्रतिदिन बढिरहेको प्लास्टिक तथा प्लास्टिकबाट बनेका झोलाहरुका साथै अन्य प्लास्टिकजन्य वस्तुहरूको प्रयोगले वातावरण तथा मानवीय स्वास्थ्यमा गम्भीर असर पुगिरहेको भनेर विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले फोहोर व्यवस्थापनमा समस्या आई जल तथा बायु प्रदूषण बढ्नुका साथै माटोको उर्वराशक्तिमा कमी हुन गई खेतीयोग्य जमिनको उत्पादकत्वमा समेत ह्रास आइरहेको विज्ञप्तिमा भनिएको छ ।

यसले निम्त्याउने वातावरणीय असन्तुलनले मानिस मात्र नभई अन्य जीवजन्तु तथा वनस्पतिहरूमा पनि नकारात्मक असर पुगिरहेको उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News