जनकपुरधाममा दर्जनौँ होस्पिटलका बीच थप एक होस्पिटल संचालनमा आएको छ ।
जनकपुरधाममा बुधबार हिरा हेल्थकेयर होस्पिटल प्रालिका संचालक हिरा यादवको धर्मपत्नी शीला देवी यादवले एक कार्यक्रम बीच उद्घाटन गरिन् । सो क्रममा सो होस्पिटलका निर्देशक डा. लवकुमार साहले मधेश प्रदेशमै न्यूनतम शुल्क लिई सेवा प्रदान गरिने जानकारी दिए । उनले मधेश प्रदेशबाट मात्रै वर्षेनि करोडौँ रुपैयाँ उपचारको नाममा बाहिरिने गरिएको हुनाले सोलाई मध्यनजर गर्दै न्यूनतम शुल्कमा सेवा उपलब्ध गराइने बताए । जसले गर्दा यहाँका सेवाग्राहीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता नरहने उनले बताए ।
सो होस्पिटल ५० शैय्याको रहने छ भने दर्ता प्रक्रियासमेत अन्तिम चरणमा रहेको उनले स्पष्ट पारे । उनले अत्याधुनिक आईसीयू, एनआईसीयू र पीआईसीयूलगायतका सुविधा समेत रहने छ । निर्देशक डा. साहले मंसिर १ गतेदेखि विधिवतरुपमा होस्पिटलले आफ्नो कार्य संचालन गर्ने समेत बताए ।