अपडेट 
२०८१ कार्तिक १९, सोमबार ११:३४

हिउँदयाम सुरू भएसँगै वायु प्रदूषण बढ्न थालेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले पोस्ट मनसुन अवधि हो। यो अवधिमा काठमाडौंलगायत देशभर अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। तथापि वायुको गुणस्तर भने खस्कँदै गइरहेको छ।

सोमबार बिहान मापन गरिएको वायु शुद्धता सूचकांकअनुसार दाङ, भरतपुर र काठमाडौंको वायु अस्वस्थकर देखिएको छ।

बिहान ९ः४७ मा मापन गरिएअनुसार दाङको वायुको एक्युआई (वायु शुद्धता सूचकांक) १४७.५४ रहेको छ। सूचकांकअनुसार ०–५० स्वस्थ, ५१ देखि १०० अंक मध्यम र १०१ देखि १५० अंकसम्मलाई अस्वस्थकर र संवेदनशील मानिन्छ।

अहिले बिहान ८ः३४ बजे मापन गरिएको सूचकांकअनुसार भरतपुरको एक्युआई १४५.८१ र काठमाडौंको रत्नपार्कको १३९.१७ छ।

ललितपुरको खुलमटारको एक्युआई ९३.८४, नेपालगञ्जको ९३.६०, भक्तपुरको. ८३.९९ छ।

धनकुटा, मुगुको रारा, हेटौंडा इलामको वायुको गुणस्तर भने स्वस्थ देखिएको छ।

Comment


Related News