अपडेट 
२०८१ कार्तिक १९, सोमबार १४:४५

भारतीय क्रिकेटर रिद्धिमान साहाले सन्न्यासको घोषणा गरेका छन् । उनले एक्समा एक पोस्ट गर्दै सन्न्यासको घोषणा गरेका हुन् । यस सिजनको रणजी ट्रफी नै आफ्नो खेलजीवनको अन्तिम सिजन हुने उनले बताएका छन् ।

साहाले लेखेका छन्, ‘क्रिकेटमा एक अविष्मरणीय यात्रापछि यो सिजन नै मेरो अन्तिम सिजन हुनेछ । सन्न्यास लिनुपूर्व रणजी ट्रफीमा बंगालको प्रतिनिधित्व गर्न पाउँदा गौरवान्वित छु ।’

साहाले भारतीय राष्ट्रिय क्रिकेट टोलीबा ४० टेस्ट म्याचमा १ हजार ३ सय ५३ रन बनाएका छन् । त्यस्तै उनले भारतीय टिमबाट ९ एकदिवसीय खेल खेलेका छन् ।

साहाले सन् २०२१ मा भारतका लागि अन्तिम टेस्ट म्याच खेलेका थिए । त्यस्तै उनले २०१४ मा भारतका लागि अन्तिम एकदिवसीय खेल खेलेका थिए । उनी इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स, पञ्जाब किंग्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबाट खेलिसकेका छन् ।

Comment


Related News

Latest News

Trending News