भारतको उत्तरप्रदेशस्थित आगरामा वायुसेनको एउटा जहाज दुर्घटनामा परेको छ । यो दुर्घटनापछि पाइलट र को-पाइलट दुई किलोमिटर वरपर जीवितै भेटिएका छन् ।
समाचार अनुसार प्राविधिक समस्या आएपछि पाइलटले यो विमानलाई सुझबुझ देखाएर कागारौलको सोनिगा गाउँनजिकैको खाली खेतमा फोर्स ल्यान्डिङ गराएका थिए । यदि बस्तीमा यो जहाज खसेको भए ठूलो जनधनको क्षति हुन सक्थ्यो ।
जहाजमा समस्या आएपछि पाइलट र को-पाइलटले प्यारासुटबाट छलाङ लगाएर ज्यान बचाएका थिए । यसबारेमा भारतीय वायु सेनाले औपचारिक भनाइ सार्वजनिक गरेको छैन।
शुरुआती जानकारीअनुसार यो मिग-२९ लडाकु विमान पञ्जाबको आदमपुरदेखि उडेको थियो । विमान खसेपछि घटनास्थलमा स्थानीयको ठूलो भिड लागेको छ। अहिले त्यहाँ प्रहरी पुगेर जाँच मुचुल्का उठाइसकेको छ ।