२०८१ कार्तिक २०, मंगलवार १६:५२

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ परेका छन्।

धनुषा जनकनन्दिनी गाउँपालिका-४ ठेगाना भएका दिलीप राउतलाई इन्टरपोलको सहयोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्न मंगलबार नेपाल फिर्ता ल्याइएको हो।

उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजी गरी पक्राउ गर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट असोज १८ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो।

उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

Comment

Related News

Latest News

Trending News