२०८१ कार्तिक २१, बुधबार ०८:३८

भारतकी प्रसिद्ध लोकगायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा निधन भएको छ ।

पद्म भुषणबाट सम्मानित उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचाको क्रममा मृत्यु भएको छोरा अंशुमन सिन्हाले जानकारी दिएका छन् ।

करिब डेढ महिना अघि श्रीमान् गुमाए पछि पीडामा रहेकी उनको स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना गरिएको थियो ।

भारतको बिहार राज्यमा जन्मेकी शारदा सिन्हाले बलिवुडको ग्याङ्ग्ज अफ वासेपुर, हम आपके हैँ कोन जस्ता चलचित्रमा गीत गाइसकेकी छन् भने उनको छठको गीत निकै प्रसिद्ध छ।

अहिले पनि छठमा उनले गाएको गीत भारतसहित नेपालको मधेश प्रदेश लगायतका क्षेत्रमा सुन्न सकिन्छ।

क्लासिकल गायिकाको रुपमा परिचित उनलाई भारत सरकारले १९९२ मा पद्म श्री र २०१८ मा पद्म भुषण तथा २००६ मा पनि पद्मभुषण अवार्ड प्रदान गरेको थियो।

Comment

Related News

Latest News

Trending News