अपडेट 
२०८१ कार्तिक २१, बुधबार १४:२५

नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक सूचीकृत भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार मंगलबार नेपालमा आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक सूचीकृत भएको हो ।

ठाकुरका अनुसार सञ्चार मन्त्रालय सूचीकृत भएपछि अब टिकटकले कानूनी वैधानिकता पाएको छ । नेपालमा हुने सामाजिक सञ्जाल सूचीकृत हुनुपर्ने कानूनी मान्यता छ ।

‘मंगलबारबाट आधिकारिक रूपमा सूचीकृत भएको छ’, ठाकुरले  भने, ‘दर्ता नम्बर ३ भएको छ । एक नम्बरमा भाइबर छ । २ नम्बरमा वाईटक छ भने टिकटकको रजिस्ट्रेसन नम्बर ३ हो ।’

Comment


Related News