अपडेट 
२०८१ कार्तिक २२, बिहीबार ०६:५१

रौतहटमा आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार टुंग्याएको छ ।

उपनिर्वाचनमा रौतहटका विभिन्न पालिकाका तीनवटा वडाहरूमा निर्वाचन हुँदैछ । जिल्लाको राजपुर नगरपालिका वडा ६, इशनाथ नगरपालिका वडा ७ र गढीमाई नगरपालिका वडा नम्बर ८ मा उपनिर्वाचन हुने भएको छ । नेकपा एमालेको जिल्ला सचिवालय बैठकले राजपुर नगरपालिका– ६ को वडाअध्यक्षमा नासिम अख्तर, इसनाथ नगरपालिका–७ को वडा अध्यक्षमा शेख अनवर र गढीमाई नगरपालिका– ८ मा जिउती देवी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपाका जिल्ला सचिव बाबुराम दाहालले बताएका छन् ।

मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ । चयन भएका तीनवटै वडा अध्यक्षका उम्मेदवारहरूलाई निर्वाचित गर्न एमाले रौतहटका अध्यक्ष सचिदानन्द शाहले विज्ञप्ति मार्फत सम्पूर्ण पार्टी पङ्क्तिलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् ।

Comment


Related News

Latest News

Trending News