२०८१ कार्तिक २२, बिहीबार १३:४३

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ।

भोलि कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने समय कटौती भएपछि एयरलाइन्सले उडान तालिका परिवर्तन गरेको हो।

भोलिदेखि त्रिभुवन विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म मर्मतका लागि बन्द हुनेछ। विमानस्थल बन्द हुने भएपछि नेपाल एयरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय उडान तालिका परिवर्तन गरेको छ।

जस अनुसार काठमाडौं–नारिताको राति ११ः५० को उडान ९ः१५ बजे सारेको छ। त्यस्तै ११ बजेको काठमाडौं–दोहाको उडान ९ः३० मा हुने तय भएको एयरलाइन्सले जनाएको छ।

त्यसैगरी, काठमाडौं–दुबईको राति ११:१५ को उडान परिवर्तन गरेर ९:३५ मा तय गरिएको छ। यससँगै अन्तर्राष्ट्रिय गन्तव्यबाट काठमाडौं अवतरण हुने समय पनि परिवर्तन भएको छ।

यसअघि नारिताबाट उडेको नेपाल एयरलाइन्स राति ११:२५ मा काठमाडौंमा अवतरण हुन्थ्यो। अब ९:२५ मा आइपुग्नेछ।

Comment

Related News

Latest News

Trending News