२०८१ कार्तिक २४, शनिबार ०९:४०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरु मनोनीत गरेका छन् ।

सभापति देउवाले केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल प्रमुख रहेको उक्त विभागमा शुक्रबार २८ सदस्य मनोनीत गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार विभागको सदस्यहरूमा नरेन्द्रबहादुर भाट, दिलबहादुर गुरूङ्ग, पूर्णबहादुर हमाल, पेमा नीमा शेर्पा, नारायण सुवेदी, कृष्ण गिरी (जगन्नाथ), नारायण खरेल, गिरीराज कुँवर, कुलप्रसाद गुरूङ्ग, हिक्मत थापा,  राजु रेग्मी ’राज’, शालिकराम डुम्रे, सीता अर्याल, सुनिता जी.सी. कुँवर र पुरुषोत्तम खनाल मनोनीत भएका छन् ।

त्यस्तै, गोविन्द परियार, शिवकुमार यादव, प्रकाश अधिकारी, ऋषि शर्मा, मोहन गुरूङ्ग, इन्द्रकमल बुढ़ाथोकी, जगदीश पौड़ेल, कृष्णप्रसाद अधिकारी, राजु के.सी., इश्वरीप्रसाद जोशी, डा. अबिरल निधि, डा. मनोर दिन सैयद र कृष्ण पौडेल  उक्त विभागको सदस्यमा मनोनीत भएका छन् ।

Comment

Related News

Latest News

Trending News