अपडेट 
२०८१ कार्तिक २४, शनिबार १६:५१

सत्तारुढ नेकपा (एमाले)ले मानव तस्करी आरोपमा मुछिएपछि कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीबाट राजीनामा दिएका लीलाबल्लब अधिकारीलाई निलम्बन गरेको छ । 

एमाले कोशी प्रदेश कमिटीले शनिबार उनलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा एमालेको संगठित सदस्यताबाट समेत निलम्बन गरेको हो ।

एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले मानव तस्करीको गम्भीर आरोपको अन्तिम निरुपण नभएसम्मका लागि मोरङ–२ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य अधिकारीलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरिएको जानकारी दिए । 

उनले विज्ञप्ति जारी गर्दै घटनाको शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजानिक गर्न सरकारसँग माग पनि गरेका छन् ।

अधिकारी केही दिनअघि वैदेशिक भ्रमणसम्बन्धी आवश्यक मापदण्ड तथा प्रक्रियाको वेवास्ता गर्दै पदीय मर्यादाविपरीत जापान भ्रमणमा गएका थिए । जापान जाने क्रममा उनले अन्य व्यक्तिलाई नक्कली परिचयपत्र बनाएर लगेको खुलेको छ ।

अधिकारीविरुद्ध प्रहरीले पनि मानव तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको छ । अधिकारीलाई निलम्बन गर्न एमालेलाई पार्टीभित्र र सार्वजनिक वृत्तबाट व्यापक दबाब परिरहेको थियो ।

Comment


Related News

Latest News

Trending News