
आज सुनको भाउ एक हजार रुपैयाँले घटेको छ ।
सुनको भाउ एक हजार रुपैयाँले घटेर तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६६ हजार रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी पाँच रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।