अपडेट 
२०८१ कार्तिक २७, मंगलवार ०८:०४

नीजि विद्यालयका संगठनहरुले संयुक्तरुपमा जनकपुरधाम उपमहानगरपालिकाले विद्यालय भर्ना शुल्क निर्धारणसम्बन्धी गरेको निर्णय नसच्याएमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

जनकपुरधाममा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै नीजि विद्यालयका संगठनहरुले संयुक्त रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाली कांग्रेसनिकटको नेपाल विद्यार्थी संघ धनुषासंग सहमति गरेर जनकपुरधाम उपमहानगरपालिकाले एक्लौटी ढंगले गरेको शुल्क निर्धारणको विरोध गर्दै नीजि विद्यालय संगठनहरुले सो निर्णय तत्काल सच्याउन माग समेत गरेका छन् ।

विद्यालयमा विद्यार्थी भर्नासम्बन्धी शुल्क निर्धारणबारे तत्काल निर्णय सच्याउन माग गर्दै हिसान धनुषाका अध्यक्ष सञ्जीव ठाकुरले जनकपुरधाम उपमहानगरसंग आग्रह गरे । प्याबसन, एनप्याबसन र हिसानले संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ठाकुरले पुरानै निर्णय अनुसार जनकपुरधाम उपमहानगरले शुल्क निर्धारण नगरे नीजि विद्यालयहरुमा पठनपाठन अनिश्चिकालका लागि ठप्प पार्ने चेतावनी दिए ।

एनप्याबसन धनुषाका अध्यक्ष आशिष झाले कक्षा ११ र १२ का विद्यार्थीको छात्रवृत्ति सम्बन्धी शैक्षिक सत्र २०८१्०८२ मा जनकपुरधाम उपमहानगरसंग छलफल गरी २०७४ को ऐन अनुसार नामांकन शुल्क, मासिक शुल्क र आन्तरिक परीक्षा शुल्कबाहेक अन्य शुल्कहरु लिन सकिने र पछि अनुगमन गर्ने सहमति भए अनुसार मिति २०८१्०५्१३ गते उपमहानगरपालिकाले नामावली सहित पत्राचार गरेको र सोही अनुसार गर्दै आए पनि नेविसंघ धनुषाको दबाबमा पुनः मिति २०८१्०७्१४ गते फरक किसिमको निर्णय गरेकोमा आफूहरुको आपत्ति रहेको बताए ।

त्यस्तै प्याबसन जनकपुरधाम नगर कमिटीका अध्यक्ष दीपक कुमार ठाकुरले छात्रवृत्ति वितरण कार्यविधि २०७४ बमोजिम छात्रवृत्ति दिने निर्णयलाई खारेज गरी रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्क लिन पाउने भनी एउटै स्थानीय तहले फरकफरक निर्णय गर्नु लज्जास्पद रहेको बताए । जनकपुरधाम उपमहानगरपालिकाले शुल्क निर्धारणसम्बन्धी नेवि संघसंग गरेको सम्झौता तत्काल फिर्ता लिइ स्थानीय तह शिक्षासम्बन्धी कार्यविधि बनाउनु सुझाउ दिँदै सरोकारवालासंग छलफल गर्नसमेत आग्रह गरेका छन् ।

Comment


Related News