पर्सा प्रहरीले सोमबार ठुलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । झण्डै ८६ लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले लोड रहेको ट्रकसहित भन्सार छलीका सामान नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।
उनका अनुसार प्रहरीले वीरगन्ज महानगरपालिका–८ स्थित घण्टाघर चोकबाट ट्रक नियन्त्रणमा लिएको हो ।
ना६ख ५५१ नम्बरको ट्रकमा भन्सार छलीका सामानहरू बरामद भएकोले पक्राउ गरिएको प्रहरी प्रवक्ता भारती बताउँछन् ।
कैलालीतर्फ जान लागेको उक्त ट्रकमा बिल बिजकभन्दा बढीका खुद्रा तथा औषधीहरू लोड रहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।