अपडेट 
२०८१ कार्तिक २८, बुधबार ०७:४०

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृतलाई गालीगलौज गरेको अभियोगमा जनमत पार्टीका नेता बताउने बिरेस चौरसियालाई मंगलबार पक्राउ गरिएको छ ।

परोहा नगरपालिका वडा नं ८ स्थित मोतिपुरका पुकार चौरसियाका छोरा बिरेस भन्ने रितेश चौरसियालाई जिल्ला प्रशासन कार्यालय रौतहटले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रौतहटको थुनामा पठाएको छ । चौरसियाले जिप्रका रौतहटका शाखा अधिकृत ओमप्रकाश यादवलाई नागरिकता बनाउने विषयमा अपशब्द प्रयोग गरेका थिए । उनले आफू जनमत पार्टीको नेता तथा पूर्वप्रदेश मन्त्री बसन्त कुशवाहाको स्वकीय सचिव रहेको बताउँदै अधिकृत यादवलाई धाकधम्की र गालीगलौज गरेकाले पक्राउ गरिएको जिप्रका रौतहटले जनाएको छ ।

नागरिकताका लागि आवश्यक कागजात नपु¥याई जबर्जस्ती नागरिकता बनाउन खोजेपछि यादवले अस्विकार गरेका थिए । त्यसपछि चौरसियाले अपशब्द प्रयोग गर्दै नागरिकताका लागि दबाब दिएपछि पक्राउ गरिएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News