मधेश प्रदेश सरकारले महिला क्रिकेटर पूजा महतोसहित ३ जनालाई सम्मान गर्ने जनाएको छ ।
आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन सफल राष्ट्रिय टोलीमा रहेका मधेश प्रदेशका तीनजना खेलाडीहरुलाई मधेश प्रदेश सरकारले नगदसहित सम्मान गर्ने जनाएको छ । आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक विश्वकपमा स्थान सुरक्षित गराउन भूमिका खेलेकाले तीन नै जना क्रिकेटरलाई सम्मानित गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
खेलकुद तथा समाज कल्याण मन्त्रालयले जनही १ लाख ५१ हजार रुपैयाँ नगदसहित तीन जनलाई सम्मानित गर्ने मुख्यमन्त्री सतीशकुमार सिंहले जानकारी दिए । त्यस्तै प्रदेश सरकारले तीनजना खेलाडीका बुबा आमालाई पनि खाँदा ओढाएर सम्मान गर्ने जनाएको छ । राष्ट्रिय टोलीकी कप्तान पूजा महतो, सना प्रवीण र अलिशा कुमारी यादव मधेश प्रदेशका खेलाडी हुन् ।
बुधबार भएको खेलमा नेपालले यूएईलाई पछि पार्दै आउँदो जनवरीमा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा खेलमा सहभागी हुनेछ ।