अपडेट 
२०८१ मंसिर २, आईतवार ०५:०४

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सी.के.राउतको प्रमुख आतिथ्यमा धनुषाधाम नगरपालिकामा सभा र पार्टी प्रवेशको कार्यक्रम आइतवार हुन लागेको छ ।

धनुषाधाम नगरपालिकाको वडा नम्बर १ मा उपचुनाव हुन लागेको छ ।मंसिर १६ गते हुन लागेको उपचुनावको मनोनयन पत्र दाखिला गर्ने कार्यक्रम रहेको छ । धनुषाधाम नगरपालिकाको वडाअध्यक्षका लागि जनमत पार्टीले पनि उम्मेदवारी दिन लागेको छ ।कांग्रेसबाट निर्वाचित विश्वनाथ यादवको मृत्यु भएपछि उपचुनाव हुन लागेको छ ।

जनमत पार्टीका अध्यक्ष डा.राउतले शनिवार सप्तरी जिल्लाको डाकनेश्वरी नगरपालिकामा सभा गरेका थिए ।मधेश प्रदेशको ४ जिल्लामा गरी ७ वटा वडामा अध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । रौतहट जिल्लाको ३, सप्तरी जिल्लाको २, धनुषा र महोत्तरी जिल्लाको १/१ वटा वडामा निर्वाचन हुन लागेको छ ।

वडाको उपचुनावमा सफलता प्राप्त गर्न मधेश केन्द्रित दलका शीर्ष नेताहरु चुनावी मैदानमा उत्रेका छन् ।तर लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)का नेताहरु भने खासै सकृय देखिएको छैन् ।

Comment


Related News