पदीय मर्यादाको खिल्ली उडाउँदै मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह विश्वहिन्दू परिषद् धनुषाको तिलकोत्सव भारसँगै भारतको अयोध्या प्रस्थान गरेका छन् ।
विश्वहिन्दू परिषद अयोध्याको विशेष सकृयतामा विश्वहिन्दू परिषद धनुषाले तिलकका लागि भार लिएर गएसंगै मुख्यमन्त्री सिंहपनि अयोध्या प्रस्थान गरेका छन् । भारको नेतृत्व विश्वहिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोष साहले गरिरहेका छन् । साहको नेतृत्वमा मुख्यमन्त्री सिंह आइतवार विहान वीरगञ्जबाट भारसँगै गएको टोलीमा सहभागी हुने छन् ।
टोलीको नेतृत्व गरिरहेको साहलाई विश्वहिन्दू परिषद् अयोध्याका महासचिव सिंहले स्वागत गर्ने कार्यक्रम रहेको छ ।तर मुख्यमन्त्री सिंहलाई स्वागत गर्ने उत्तर प्रदेश सरकारको कुनै प्रतिनिधि अथवा कर्मचारी रहने छैनन् । मुख्यमन्त्री सिंहले उत्तरप्रदेश सरकारबाट निम्तो पाउन गरेको अथक प्रयास असफल भएपनि उनी जान लागेका छन् ।
राममन्दिर अथवा उत्तरप्रदेश सरकारको आमन्त्रण बिना नै जान लागेका मुख्यमन्त्री सिंहले आफूलाई श्रीरामजानकी विवाह बरात यात्रा आयोजन समिति धर्मयात्रा महासंघ कारपुरम जानकीधाम र विश्वहिन्दू परिषद् अयोध्याबाट आमन्त्रण आएको बताएका छन् । विश्वहिन्दू परिषद् हिन्दू धर्मसित सम्बद्ध संस्था र विवाह बारात यात्रा सीताराम विवाहमहोत्सवसित सम्बद्ध संस्था हुन् ।
मुख्यमन्त्री सिंहले आफ्नो पदको गरिमालाई वेवास्तागर्दै मधेश प्रदेश र नेपालकै इज्जतलाई ध्यान नदिएको गौ संरक्षण मंचका राष्ट्रिय अध्यक्ष जगदीश महासेठले आरोप लगाएका छन् । शनिवार भारलाई विदाइ गरेका मुख्यमन्त्री सिंहले वीरगञ्जबाट आइतवार सहभागी हुने बताएका छन् । ‘गलत चलन चलाउन मुख्यमन्त्री लगायतका केही व्यक्तिहरु उद्यत देखिएका छन् ’महासेठले भने ।