अपडेट 
२०८१ मंसिर २, आईतवार १६:५३

मधेश प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाले गौरमा पर्यटन विकास कार्यालयको उद्घाटन गरेका छन् ।

सो अवसरमा उनले प्रदेश सरकारले मधेशका पर्यटन क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नराख्ने धारणा व्यक्त गरे । मधेश प्रदेशको दुई जिल्लालाई जोडेर पर्यटन सर्किट बनाउन लागेको जानकारी दिए । उद्घाटन भएको कार्यालयबाट रौतहट र सर्लाही जिल्लाको पर्यटन क्षेत्रको विकास तथा प्रचार प्रसार हुने मन्त्री अलिले विश्वास व्यक्त गरेका थिए ।

पर्यटन विकास कार्यालय गौर रौतहटका पर्यटन विकास अधिकृत संजय कुमार मिश्रको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वन तथा वातावरण मन्त्री त्रिभुवन साह,प्रदेशसभा सदस्य इन्दु साह,जिल्ला समन्वय समिति रौतहटका प्रमुख रामअयोध्या राय यादव,गौर नगर प्रमुख शम्भु साह,उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव सुशिल साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Comment


Related News

Latest News

Trending News