२०८१ मंसिर ५, बुधवार ११:५०

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौँ पुर्‍याइएको छ।

साइबर अपराधको कसुरमा मंगलबार भक्तरपुरस्थित निवासबाटै पक्राउ परेका प्रसाईँलाई हिरासतमा राख्ने म्याद थपका लागि अदालतमा पेस गरिएको हो।

उनलाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौँ पुर्‍याएको हो।

प्रसाईंले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमा विभिन्न कागजात सार्वजनिक गरेका थिए।

Comment

Related News

Latest News

Trending News