अपडेट 
२०८१ मंसिर ६, बिहीबार ०७:१२

पूर्व माओवादी नेता रहेका आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कारबाहीको पुरानै शैली अपनाउन आह्वान गरेका छन् ।

‘घुसखोरलाई चोर जस्तै र भ्रष्टाचारीलाई बलात्कारी जस्तै’ जनताले जनकारबाही गर्नुपर्ने माओवादी शैली अपनाउन साहले आह्वान गरेका छन् ।चोर जस्तै घुसखोरलाई र बलात्कारी जस्तै भ्रष्टाचारीलाई जनताले भाटा नहाने मुलुक नसुध्रिने उनको कथन थियो ।

आजपा मधेश प्रदेश कमिटीद्वारा बुधवार पर्सा जिल्लाको निचुटामा आयोजित ‘भ्रष्टाचार विरुद्ध मधेश यात्रा’ कार्यक्रममा बोल्दै आजपा अध्यक्ष साहले मुलुकमा भ्रष्टाचार र घुसखोरी बढ्दै गईरहेको र त्यसलाई सरकारले संस्थागत गरिरहेको आरोप लगाए । ‘घुसखोर र भ्रष्टाचारीहरु अहिले खुलेयाम घुमिरहेका छन् ’ उनले भने, देश लुटेराहरुलाई जनकारबाही गर्नुपर्छ । आजपा अध्यक्ष साहले भने, ‘गाउँघरमा चोर भेट्दा प्रहरीलाई खबर गर्नुभन्दा अघि जनताले त्यसको रामधुलाई गर्छन् । यहाँ घुसखोर, भ्रष्टाचार गर्नेलाई पनि त्यस्तै जनकारबाही गर्नुपर्छ । पहिला रामधुलाई गर्ने अनि प्रहरीलाई खबर गरेर बुझाउने ।’ मुलुकमा भ्रष्टाचार, घुसखोरी, अनियमितता, बढ्दै गईरहेको उल्लेखगर्दै उनले प्रधानमन्त्रीले नै त्यसलाई संस्थागत गरेको गम्भीर आरोप लगाए । मुलुकमा विभिन्न ठूलठूला भ्रष्टाचारका काण्ड बाहिर आए पनि सरकारले भ्रष्ट, लुटेरालाई अझै कारबाही नगरेको उनले बताए । गीरिबन्धु, ललिता निवास प्रकरण, भुटानी शरणार्थी, टेरामक्स, वाईडवडीदेखि लिएर विभिन्न घोटाला र भ्रष्टाचारका काण्ड बाहिर आएको भए पनि सरकारले कारबाही नगरी संरक्षण गरेको साहले आरोप लगाए ।

‘विभिन्न काण्डहरु सार्वजनिक भएका छन् । यहाँ राज्यको ढुकुटी लुट्नेदेखि सार्वजनिक सम्पति लुट्ने काम भईरहेको छ । भ्रष्ट, लुटेराहरु सार्वजनिक रुपमा खुलेयाम घुमिरहेका छन् । उनीहरु सम्मानित भईरहेका छन्, श्रमजीविहरु अपमानित भईरहेका छन् । के सरकारले उनीहरुलाई कारबाही गर्नुपर्दैन्

Comment


Related News