अपडेट 
२०८१ मंसिर ६, बिहीबार ०७:२६

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले वीरगञ्जका होटलहरुको वर्गीकरण तथा लोगो नवीकरण कार्य शुरु गरेको छ ।

कार्यालयले वीरगञ्जका विभिन्न होटलहरुको भान्साको सरसफाइ , खाद्यजन्य पदार्थहरुको भण्डारण गर्ने विधि र कोल्डचेन प्रविधि लगायतको अनुगमन गरी खाद्य स्वच्छता स्तरको आधारमा विभिन्न होटलहरुको स्तर निर्धारण गरी वर्गीकरण शुरु गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको संयोजन एवम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वीरगञ्जका खाद्य अनुसन्धान अधिकृत सुरेश कुमार सिंह नेतृत्वको अनुगमन टोलीले वीरगञ्जका दस वटा होटलहरुको अनुगमन गरेको थियो ।अनुगमन गरिएका सबै होटलहरुको भान्सा , भण्डारण गरिएको खाद्यजन्य बस्तुहरुको चेकजाँच गर्नुको साथै टेस्टो मिटरद्वारा भन्सामा प्रयोग गरिएका तेलको गुणस्तर समेत जाँच गरिएको खाद्य अनुसन्धान अधिकृत सुरेस कुमार सिंहले बताए ।

अनुगमन गरिएका दस होटलहरु मध्ये सरोबर प्रोटिक होटल , होटल दियालो र भिस्वा होटल गरी तीनवटा होटलहरुलाइ खाद्य स्वच्छताको आधारमा अति उत्तम (३ स्टार) प्रमाणीकरण गरी लोगो बितरण एवम नवीकरण गरिएको अनुगमन टोली संयोजन सदस्य एवम् होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए ।

सो क्रममा पन्तले लोगो वितरणमा कुनै पनि होटलहरुलाई पक्षपात हुन नहुने र त्यसो नगरिने प्रतिबद्धता समेत जनाए । उनले वीरगञ्जका सबै होटलहरुलाई खाद्य स्वच्छता अभियानमा सरिक भएर उपभोक्तालाई स्वच्छ र हाइजेनिक फूड र परिकारहरु पस्कन अनुरोध समेत गरे । टोलीले खाद्य स्वच्छताको आधारमा होटल पुजन ,होटल मकालु र अनमोल स्वीटलाइ उत्तममा वर्गीकरण गरेर २ स्टारको लोगो बितरण गरिएको थियो । त्यसै गरि कन्ट्री इन होटल प्रा लि र कैलाश होटल र मेजवान होटललाई १ स्टारको लोगो दिइएको थियो भने डिलाइट गो रेस्टुरेन्टलाई सामन्यको सन्केत दिएर केहि सुधारको निर्देशन समेत दिइएको थियो ।

यसै क्रममा अनुगमन टोलीले होटलका संचालकहरु लाई खाद्य स्वच्छता प्रतिबद्धता पत्रमा सही गराएर हस्तान्तरण गरेको थियो । अनुगमन टोलीमा बाणिज्य कार्यालय वीरगञ्जका सुनिल चौरसिया, वीरगञ्ज उद्योग बाणिज्य संघका मनोज कुमार दास, वीरगञ्ज महानगरका प्रतिनिधि बिभा मिश्र जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News