पर्साको कालिकामाई गाँउपालिका मुड्लीको विद्यार्थीहरु आन्दोलित भएका छन् । वडा नम्बर १ मा रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीहरु स्थानिय सरकारको बिरोध गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै बिहीबार विद्यालयमा तालान्दी गर्दै विद्यार्थीहरु गाउपालिका नेतृत्वको बिरोधमा चर्को नाराबाजी समेत गरेका छन् । विद्यार्थीहरु नाराबाजीसहितको प्रदर्शन गर्दै विद्यार्थीहरुले विद्यालयको मूल प्रवेशद्वारमा तालाबन्दी गरिएको पोखरिया प्रहरीले जनाएको छ ।
कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत्त विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका हुन् । नयाँ शैक्षिक सत्र सुरु भएको ७ महिना बितिसक्दा पनि विद्यालयमा विज्ञान, सामाजिक, अर्थशास्त्र र अंग्रेजी विषयको विषयगत शिक्षक छैन । जसकारण पठनपाठन नै प्रभावित भएको उनीहरुको गुनासो छ । विषयगत शिक्षकको व्यवस्था गर्न विद्यालय प्रशासनलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै चासो नलिए पछि आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको विद्यार्थीहरुको भनाइ रहेको छ ।
गाउँपालिकाका एक पूर्व वडाअध्यक्षका अनुसार तीन जना विषयगत शिक्षक नियुक्तिका लागि चार महिना पहिले विद्यालय प्रशासनले आवेदन सहितको सूचना आह्वान गरेको थियो । तर प्रधानाध्यापक राजेश तिवारी, वडाअध्यक्षसेमत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबाबु चौरसिया र सहायक प्रधानाध्यापक जयप्रकाश चौरसिया बिच शिक्षक नियुक्तीमा भागबण्डा नमिल्दा शिक्षक नियुक्ति प्रक्रिया स्थगित गरिएको थियो ।
विद्यालयमा विषयगत शिक्षकको अभाव रहेको व्यवस्थापन समितिका अध्यक्ष चौरसियाको स्वीकारोक्ति रहेको छ । उनले आन्दोलनरत्त विद्यार्थीहरुसंग सम्ंवाद गरेर छिट्टै समस्याको समाधान जानकारी गराए । चार महिना पहिले विज्ञान लगायतका विषयगत शिक्षक नियुक्तीका लागि विज्ञापन आह्वान गरेको भएपनि केहि कारणवस न्यक्ति स्थगीत गर्नु परेको चौरसियाले बताए । ‘फेरि विज्ञापन आह्वानका लागि पालिकाको शिक्षा शाखा प्रमुखबाट अनुमति आवश्यक पर्ने भएकोले त्यसका लागि प्रकृया अगाडि बढाइएको छ’ उनले भने ।