अपडेट 
२०८१ मंसिर ८, शनिबार ०७:०१

महोत्तरीमा एकजना नायब सुब्बा घुससहित रंगेहात पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत्त नायब सुब्बा अशोक यादव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार नायब सुब्बा यादवलाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

सवारी ज्यान मुद्दामा सवारीधनीले जम्मा गरेको क्रिया खर्च वापतको रकम मृतकको हकवाला दिँदै पटक–पटक माग्न जाँदा यादवले घुस मागेको व्यहोरासहित निवेदन अयोगमा दिएका थिए । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

प्राप्त जानकारीअनुसार, अख्तियारको टोलीले शुक्रबार बिहानै महोत्तरी जिल्ला प्रशासन कार्यालयमा छापा मारी नायब सुब्बा र केही कर्मचारीहरूसंग सम्बन्धित कागजातहरू जफत गरेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा नासु यादवमाथि सूक्ष्म निगरानी अख्तियारले गर्दै आएको थियो ।

Comment


Related News