२०८१ मंसिर ८, शनिबार १९:१७

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश सरकारमा अब कांग्रेसको मुख्यमन्त्री बन्ने बताएका छन् । शनिबार नेपाली कांग्रेस लहान कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले जनमत पार्टी नेतृत्वको सरकारको विकल्प खोजिने बताए ।

उनले भने, ‘कांग्रेसले अहिलेसम्म मधेशमा मुख्यमन्त्री पाएको छैन । मधेश प्रदेश सरकारको विकल्प खोजिनेछ । कांग्रेस नेतृत्वमा बनाउनुपर्छ । एमाले, कांग्रेस र लोसपा मिल्दा सहजै बन्छ । अहिले मुख्यमन्त्री केन्द्रीय सरकारको कारणले राखेका छौं, तर जेजति काम गराइ भइरहेको छ, त्यो चित्त बुझ्दो छैन । अहिले नै यो सरकार ढल्छ भन्ने होइन, तर यही ढंगले अघि बढे कांग्रेसले केन्द्रबाट निर्णय गरेर अघि बढ्छ ।’

महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि काम गर्ने गति बढाउनुपर्ने बताए । उनले बीआरआईमात्रै नभएर अरु पनि विदेशी ऋण थुपारेर विकास योजना ल्याउने पक्षमा कांग्रेस नरहेको बताए ।

सहकारी रकम अपचलनमा रवि लामिछानेलाई मात्रै लक्षित गरेर सरकारले छानबिन र कारबाही अगाडि नबढाएको भन्दै उनले कांग्रेस, एमाले, माओवादी, राप्रपा सबैका नेताहरुमाथि छानबिन भइरहेको बताए ।

महामन्त्री शर्माले पार्टी उपसभापति धनराज गुरुङमाथि पनि छानबिन भइरहेको भन्दै दोषी पाइएमा कारबाही हुने बताए ।

Comment


Related News

Latest News

Trending News