अपडेट 
२०८१ मंसिर १२, बुधबार ०७:०१

जनकपुरधामको हनुमान चलचित्र मन्दिरदेखि धनुषा जिल्ला अदालत जाने सार्वजनिक बाटोमा अतिक्रमण गरी बनाइएका घरटहरादेखि पार्किंगसम्म भत्काइएको छ ।

जनकपुरधाममा मंगलबार हनुमान चलचित्र मन्दिर हुँदै जिल्ला अदालतसम्मको बाटोलाई मोडेल मल्टिपल कलेजले घेरबार गरी घर टहरा तथा पार्किंग बनाइएकोलाई नगर प्रहरीले भत्काएको छ ।

जनकपुरधाम उपमहानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रकुमार कर्णले एक सूचना जारी गर्दै जनकपुरधाम– ४ स्थित मोडल मल्टिपल कालेजले सडक अतिक्रमण गर्दै कब्जा गरेर बनाएको पार्किंग स्थल हटाउन काटेको थियो । जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णले अतिक्रमित सडकमा बनाइएका घरटहरा र स्टैण्डलगायतका संरचनाहरु तत्काल हटाउन सार्वजनिक पत्र काटेको थियो । सडक नै कब्जा गरी बनाइएका विभिन्न संरचनामा नगर प्रहरीले अतिक्रमण गरिएको सडक खाली गराएका छन् ।

लामो समयदेखि कब्जामा लिएको सडक अतिक्रमणमुक्त बनाउका लागि पटकपटक नागरिक समाजले आवाज उठाउँदै आएको थियो ।

Comment


Related News