अपडेट 
२०८१ मंसिर १२, बुधबार १३:२३

डीएनए इन्टरनेशनल नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि जनकपुर बोल्ट्सले जिते प्रत्येक खेलाडीलाई एक लाख दिने घोषणा गरेको छ ।

जनकपुरको मुख्य प्रायोजकको रूपमा रहेको डीएनए इन्टरनेश्नलले उक्त घोषणा गरेको हो ।

यस्तै जनकपुर फाइनलमा पुगे प्रत्येक खेलाडीलाई ५० हजारका दरले प्रदान गर्ने डीएनए इन्टरनेशनलले जनाएको छ । डीएनए इन्टरनेशनल नेपाल मुख्य प्रायोजकको रुपमा जनकपुरसँग जोडिएको हो ।

ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुरको मार्की खेलाडी आसिफ शेख छन् ।

Comment


Related News