अपडेट 
२०८१ मंसिर १३, बिहीबार १२:२९

सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट प्रहरीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।

बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र ०१–००२ झ ६६९० नंको एम्वुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद भएपछि चालकसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

बिपी राजमार्गबाट लागु औषध ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी बर्दिबासबाट खटी गएको सुरक्षा टोलीले हिजो (बुधवार) राती बर्दिबास ३ स्थित बिपी राजमार्गमा एम्बुलेन्सको लाई चेकजाँजको क्रममा एम्बुलेन्सको साइरनमा रहेको माइक्रोफोनभित्र लुकाई राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको डिएसपी रेवती रमण पोखरेलले बताउनु भयो ।

ब्राउन सुगर कारोबारमा अन्यको पनि संलग्नता हुन सक्ने प्रहरीको आशङ्का छ । थप अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले चालकसहित पक्राउ परेका दुवै जनाको नाम तत्काल सार्वजनिक गरेको छैन ।

एम्बुलेन्ससहित पक्राउ परेका दुवै जनामाथि बर्दिबास प्रहरीले अनुसन्धान गरी रहेको छ । बरामद एम्बुलेन्स सिन्धुलीस्थित मरिन गाउँपालिकाले उक्त स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको थियो ।

Comment


Related News

Latest News

Trending News