मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सकहरुका लागि चार दिवसीय शिक्षण सिकाई तालिम शुरु गरिएको छ ।
जनकपुरधाममा बिहीबारदेखि शुरु भएको सो तालिममा प्रतिष्ठानमा रहेका विभिन्न संकायका २८ जना चिकित्सकहरुको सहभागिता रहेको जानकारी प्रतिष्ठानका सहप्रध्यापक डा. राजीव चौलागाईले दिए । भिसी डा. अंकुर साह र रजिष्ट्रार प्रा.डा. विनोद यादवको पहलमा प्रतिष्ठान अन्तर्गतको कलेजमा एमबिबिएस आइसकेपछि पहिलोपटक कार्यरत चिकित्सकहरुका लागि शिक्षण सिकाई तालिम आवश्यकता अनुसार शुभारम्भ गरिएको छ । यसले शिक्षण र सिकाईमा पुनर्ताजगीका साथै समयसापेक्ष ज्ञान अभिवृद्धिमा सहायक सिद्ध हुने विश्वास व्यक्त गरिएको छ । सो तालिममा प्रतिष्ठानका प्राध्यापकहरुसमेत रहेकाले सो तालिममा बाहिरबाट पनि प्रशिक्षकहरुले प्रशिक्षण दिने उनले जनाए ।
सो तालिममा प्रा.डा. जगदीश प्रसाद अग्रवाल, प्रा.डा मन्दिरा शाहीलगायतकाले प्रशिक्षण दिने जनाइएको छ । पढाएको विषयवस्तुहरु पाच्य हुनुपर्ने, सीपको विकास र पुनर्ताजगी, समन्वयका सीपहरु, वयस्कका कुराहरु, समीक्षा, मूल्यांकन र आगामी कार्ययोजना बनाउनका लागि पनि आयोजना गरिएको तालिमबाट सहभागिहरुले लाभ लिनसक्ने छन् । कार्यरत्त चिकित्सकहरुले आगामी दिनमा अभ्यास, शिक्षणलगायतमा आउने समस्या चुनौतीको सामना गर्नका लागि पनि तालिम महत्वपूर्ण भएको उनले बताए ।