अपडेट 
२०८१ मंसिर १४, शुक्रबार १४:०२

निर्वाचन आयोगले मंसिर १६ गते हुन लागेको उपनिर्वाचनको मतपरिणाम भोलिपल्ट सार्वजनिक गरिसकिने जनाएको छ ।

उपनिर्वाचन हुने ३४ वडामा त्यसै दिन मतगणना सुरु भइसक्ने र कतिपय पालिकामा भने उपनिर्वाचन भएको दोस्रो दिनबाट मात्रै मतगणना सुरु हुने भए पनि त्यसै दिन मतगणना कार्य सम्पन्न हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

मतगणना गर्दा कानूनी व्यवस्था अनुसार सर्वदलिय सहमति अनुसार गर्नुपर्ने भन्दै राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिले निर्वाचन अधिकृतले भने अनुसारको काम गरेमा, विवाद नगरेमा मतपत्र सजिलो र निर्वाचन भएकै ठाउँमा मतगणना हुने भएकाले मतगणना भोलिपल्ट नै सकिने उनको भनाई छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘निर्वाचन आयोगको तयारी अनुसार उपनिर्वाचनको सम्पुर्ण नतिजा आउन उपनिर्वाचन भएको दिनदेखि पर्सि भन्ने हुदैँन । भोलि त हुने नै भयो । तर, यसमा यो राजनीतिक दल र उम्मेदवारको प्रतिनिधिको सहयोग, समन्वय र व्यवहारमा निर्भर हुन्छ । काठमाडौं र किर्तिपुरमा बाहेक ३४ वडा वडामा त्यसै दिन सुरु हुन्छ । प्रमुख उपप्रमुख र अध्यक्ष र उपाध्यक्षको पालिकाको केन्द्रमा ल्याउनुपर्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतपत्र एकदमै सजिलो र हरेक उम्मेदवारको मतपत्र छुट्टाछुट्टै रहेको मतगणना गर्न पर्याप्त टिम परिचालन गरिएका कारण मगणनामा ढिलाई नहुने बताए ।

उनले भने, ‘काठमाडौंबाहेक सबै स्थानमा मतगणना एकै चरणमा सकिन्छ । काठमाडौंमा भने एकै चरणमा नसकिन सक्छ । यसमा एउटा त हाम्रा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित वडामा नै स्थापना भएका छन् । वडामा जम्मा गरेर त्यसै दिन मतगणना सुरु हुन्छ ।’

Comment


Related News

Latest News

Trending News