अपडेट 
२०८१ मंसिर १४, शुक्रबार १८:४०

मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले आफूलाई भुमिगत समुहले चन्दा माग्दै धम्काएको खुलासा गरेका छन् ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत मन्त्री लेखीले भुमिगत सशस्त्र समुह जनतान्त्रिक तराई मुक्ति मोर्चाका जय कृष्ण गोइतले आफूलाई पछिल्लो केहि दिनदेखि पटक पटक फोन गरेर आर्थिक सहयोग गर्नुपर्ने र आफूले सक्दिन भनेपछि कसरी सक्नु हुन्छ मैले जान्या छु भन्दै धम्काउने गरेको बताएका छन् ।

त्यस्तै उनले विगत केहि दिन एता मधेको विभिन्न जिल्लाको प्रहरी चौकी पुग्दा १० बजे पछि पनि प्रहरी ईन्चार्ज सहितको प्रहरी जवानहरु लुंगी, कट्टु सहितकै पोशाकमा आफूले पाएको जानकारी दिए । उनले स–साना कुराहरुमा पनि मन्त्री भएरै फोन गर्दा पनि प्रहरी प्रशासन आफनै अनुसार हिन्ने गरेको गुनासो गरेका छन् ।

त्यस्तै उनले बाराको गढीमाई मेला र जनकपुरधामको विवाह पञ्चमी लाई सुरक्षित बनाउने विषयमा सुरक्षा निकायसंग दुवै जिल्लामा छलफल भइरहेको जस्मा विवाहपञ्चमीमा १४ सय सुरक्षाकर्मी परिचालन हुने र बारामा भोली सुरक्षा समितिको बैठक आह्वान गरिएको बताए ।

Comment


Related News

Latest News

Trending News