अपडेट 
२०८१ मंसिर १४, शुक्रबार २०:३६

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषबीच सहकार्य गर्ने भन्दै सहमति भएको छ ।

चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, शिल्पकला, वास्तुकला र अन्य सिर्जनात्मक कला समेत समेटेर ९ बुँदे सहमति भएको छ । मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा ती कला विधाको प्रवद्र्धन, संवर्धन र विकासका लागि सहयोग र सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर दुवै पक्षले गरेको छ ।

सहकार्यका लागि नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले थुम्केली र कोषका तर्फबाट अध्यक्ष जीवनाथ चौधरीले हस्ताक्षर गरेका छन् ।

Comment


Related News