अपडेट 
२०८१ मंसिर १५, शनिबार ०७:३२

जानकी मन्दिरका महन्तलाई गाली गरेको दृश्य अन्य नगरवासीको लागि दुर्लभ हुन सक्छ, तर जनकपुरधाममा आयोजन हुने तिलकोत्सवमा यस्तो दृश्य सामान्य हो । बाजा, गाजा, लावा लस्कर र एक सय एक पाहुरको भेटी लिएर अपरान्ह राम मन्दिर पुग्दा उहाँलाई गालीखानु पर्दछ ।

आश्चर्य नमान्नु होलागाली सुनेर महन्त रामतपेश्वर दास वैष्णव र उत्तराधिकारी महन्त रामरोशन दास मुसुमुसु हाँस्नु हुन्छ । छोरी जानकीको पिताको रुपमा महन्त रामतपेश्वर दास वैष्णव जानकीपट्टीका प्रवुद्ध व्यक्तिहरुको नेतृत्व गर्दै रामलाई तिलक गर्न राम मन्दिर पुग्छन् । त्यहाँ श्रीरामको पिताको रुपमा राम मन्दिरका महन्त राम गिरीले उनलाई स्वागत सत्कार गर्छन् ।

कन्यागतपक्षकापाहुनाहरुको स्वागत सत्कार र चिया चमेनाको दौड जारी शुरु हुन्छ । अर्को तिर महिलाहरुको समूहबाट निरन्तर गीतको निर झरणी प्रवाहित भई रहन्छ–

समधी वड वुधियार,
वहिनबेचिकबन्हकीलगौलनि,
ताकथिचारुकात ।

अर्थात सम्धीजी (जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव) बडो होसियार हुनुहुन्छ । बहिनी बेचेर आएका छन् र अहिले चारै तिर केटी खोजी राख्नु भएको छ । ब्रम्हचारी, गृहत्यागी महन्त दासलाई यस गालीले भने अलिकति पनि पिर हुदैन, बरु मुसुमुसु हास्दै राम मन्दिरका महन्त राम गिरीलाई अंगालो मार्नु हुन्छ । महन्तलाई मात्र होइन, यहाँ भगवान रामलाई पनि गाली गरिन्छ । यो मैथिली लोक जीवनको अभिन्न अंग हो र मिथिला संस्कारको जिवंत रुप पनि । मिथिलाञ्चलमा सम्धी र भिनाजुलाई गाली गर्ने परम्परा छ । मmन् भगवान रामसंग त यस भन्दा पनि अस्लील गाली गलौज गरिन्छ । विवाह पञ्चमीको दिन रामसंग मैथिलानीहरु सोध्ने गर्छन् –

संग मैथिलानीहरु सोध्ने गर्छन् –
‘रामजी स पूछे जनकपुरके नारी ,
बतावबबुवा ।
एक गोड एक कारी बतावबबुवा ।’

अर्थात हे राम बताउ तिम्रो आमाबुवा त गोरा छन् । तिम्रा भाईहरु गोरा छन् । तिमी मात्र कालो हुनुको रहस्य के हो ? कहि तिम्रो आमा………………..? वर्ष भरि नै पर्व—त्यौहारको आयोजनमा जुटिई रहने मुलुकको सांस्कृतिक राजधानी जनकपुरधाम राम—सीता विवाह महोत्सवलाई बडो उत्साहका साथ मनाउँछन् । प्रत्येक वर्ष मंसिर शुक्लपक्ष पञ्चमीको दिन महोत्सवको आयोजन हुन्छ, तर तयारी भने दुई साता अघि देखि नै शुरु हुन्छ । आफ् नी प्यारी छोरी सीताको विवाह महोत्सवलाई जनकपुरधामवासी विशेष प्रकारले मनाउँछन् । महोत्सवमा धार्मिक र मिथिलाको वैवाहिक विधि विधानको प्रदर्शन त हुन्छ नै मिथिलावासीमा भावुकताको पराकाष्ठा पनि त्यतिकै हुन्छ ।

आफ्नै चेली—बेटीलाई विवाह गर्ने बेलाको उत्साह, जन्तीहरुलाई स्वागत गर्ने बेलाको उमंग तथा छोरीलाई ससुरा विदा गर्ने बेलाको भावुकता यस महोत्सवमा छरपष्ट हेर्न सकिन्छ । यस आयोजन मार्फत मिथिलाको वैवाहिक विधिविधान तथा उज्वल संस्कृतिको प्रदर्शन गर्नुलाई मिथिलावासी गर्वको विषय ठान्दछन् । आयोजनको प्रारम्भदेखि अन्त्यसम्म स्थानीय नर—नारी तन्मयताका साथ सहभागी हुन्छन् । जन्तीलाई केसार (हँसी ठठ्ठाको क्रममा गालामा लगाउने दही, वेसार आदि) लगाएर रमाइलो गर्छन्, अनि डहकन (विहेको वेला सम्बन्धीपक्षलाई दिइने गीतिमय मधुर गाली) गाएर मनोरञ्जन गर्छन् ।

सीताराम विवाह महोत्सवको क्रममा जनकपुरधाम गीतमय बनेको हुन्छ । घर घरबाट विहे गीतको स्वर आउँछ । सीतालाई छोरीको रुपमा पूजा गर्ने जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव भावुक बन्नुहुन्छ । उत्तराधिकारी महन्त रोशन दास जन्तीको स्वागतका लागि आतुर हुन्छन् । अनि रामपट्टी र जानकीपट्टीमा विभाजित नगरवासी उत्साहित हुन्छन् । राम मन्दिरको जग्गालाई रामपट्टी र जानकी मन्दिरको जग्गामा बसोवास गर्नेलाई जानकीपट्टी भनिन्छ । चुकि जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला अदालत, गुठी लगायतका सरकारी कार्यालयहरु रामपट्टीको जग्गामा छन्, त्यसैले स्थानीय प्रहरी प्रशासन रामपट्टीबाट जन्तीको रुपमा सहभागी हुन्छन् ।

जानकी मन्दिरका महन्त, जनकपुरधाम उपमहानगर पालिकाका प्रमुख तथा जनप्रतिनिधिहरु जानकीपट्टीबाट सहभागी भई जन्तीहरुलाई स्वागत गर्छन् । राम र जानकी मन्दिरबाट निस्किने डोला ऐतिहासिक बाह«विघा मैदानमा पुगी संगम हुन्छ र त्यहाँबाट निस्किने संयुक्त शोभायात्रा (झाँकी) नगर परिक्रमा गरी बेहुला राम सहित जानकी मन्दिर प्रवेश गर्छन जहाँ राति राम सीताको मिथिला विधिविधान अनुसार विवाह हुन्छ ।

विवाहपूर्व मिथिलामा आयोजित हुने तिलक, मटकोर तथा विवाह प िछ छोरी विदा गर्नु पूर्व हुने मरजाद भोज (रामकलेवा) पनि हुन्छ । अर्को शब्दमा भनाँै भने मिथिलामा छोरी विहे गर्न गरिने सम्पूर्ण विधिविधानको आयोजन हुन्छ । यी अवसर हरुमा जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव जनकको रुपमा तथा राम मन्दिरका महन्थ राम गिरी दशरथको रुपमा प्रस्तूत हुन्छ ।

दुबै बीच ‘समधि मिलन’ पनि हुन्छ । महोत्सवमा देश विदेशबाट लाखौँको सहभागिता हुन्छ । महोत्सव नेपाल—भारतबीच रामायणकालदेखि विद्यमान ‘बेटी—रोटी’को सम्बन्धको जिउँदो उदाहरण हो, तर रामजानकी विवाह महोत्सव, झुला, जानकी नवमी जस्ता पर्व उत्सवहरुमा लाखौँको सहभागिता भए पनि यस पर्व उत्सवहरुलाई हामीले व्यावसायीकरण गर्न सकेका छैनौ ।

श्रद्धालुका लागि शौचालय, खानेपानी र आवासलगायतका सुविधा उपलब्ध गराउनु नराम्रो होइन, तर धार्मिक पर्यटनलाई उद्योगको रुपमा स्थापित गर्न दीर्घकालीन योजना आवश्यक छ ।

कारण जनकपुरधामवासी मेला भर्न आएका दिसापिसाब सोहार्न मात्र होइन, उनीहरुले गरेको खर्चबाट घर परिवार चलाउन लायक बनून् भन्ने सोचको विकास हुनु आवश्यक छ ।

Comment


Related News