धनुषा जिल्लाको मुखियापट्टी मुसहरनीया गाँउपालिकामा जनता समाजवादी पार्टी नेपालको जनलहर नै चलेको छ । गत स्थानीय निर्वाचनमा आपार मतका साथ निर्वाचित भएका गाँउ पालिका प्रमुखको विकासवादी चिन्तन एवं सुशासनको पहलले अन्य पार्टीका नेता कार्यकर्ताहरु धमाधाम जसपा नेपालमा प्रवेश गर्न थालेका छन ।
शनिवार मुखियापट्टी मुसहरनीया गाँउपालिकाको वडा नं। ५ बेलाम आयोजित कार्यकर्ता भेटघाट एवं पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले , माओवादी , एकीकृत समाजवादी लगायतका पार्टी बाट दर्जनौ नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका हुन । जसपा नेपालका वडा अध्यक्ष रामधनी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि जसपा नेपालका केन्द्रिय सदस्य जीतेन्द्र कुमार यादव , गाउ पालिका प्रमुख जयकुमार यादव सहतिका नेताहरुले नव प्रवेशीहरुलाई माला र गमछा लगाई पार्टीमा स्वागत गरेका छन ।
पार्टी प्रवेश गर्नेहरुमा नेकपा माओवादी वाट वडानं। ६का प्रत्याशी राम सुखित यादव, नेकपा एमालेका स्थानीय नेता राम चन्द्र यादव, सौखी यादव, भरत यादव, ठकाई यादवल, शान्ति देवी सहनी, विल्टु महतो, नेपाली काँग्रेस बाट आश नारायण यादव, भाग्य नारायण यादव, राम अशिष महतो, नागिन साह, चन्दे साह, समीम शेख, गौरी महतो, राम पुकार महतो, सोभ्राती नदाफ , उपेन्द्र राउत, विकाउ नदाफ , जिवछ नदाफ, नेकपा एसका राजकुमार यादव सहितका रहेका छन । उनिहरु मुमु गापा वडा नं। २,४, ५ र ६का स्थानीय नेताहरु हुन ।
यस अघि हिजो शुक्रवार मात्रै एमालेका स्थानीय प्रभावशाली नेता विश्वनाथ यादव, नेपाली काँग्रेसका प्रमोद यादव सहितका नेताहरु जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव बाट जनकपुरमै टिका लगाई जसपा नेपालमा प्रवेश गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जीतेन्द्र यादवले जसपा नेतृत्वको मुमु गापा स्थानीय सरकारले गरि रहेको विकास निर्माणको कार्यहरुलाई जनताले रुचाई रहेको प्रति स्थानीय सरकार र नेतृत्वलाई धन्यवाद दिएका थिए । उनले जसपाले विकासका साथै समाजिक रुपान्तरणका मुद्दालाई समेत समेटेकोले यसलाई सहयोग र समर्थन गर्न आम जनसमुदाय संग आग्रह समेत गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि एवं मुमु गापा प्रमुख जय कुमार यादवले गापाको विकास निर्माण कार्यबाट हतोत्साहित हुँदै विपक्षीहरुले झुठो प्रचारवाजीमा लागेको आरोप समेत लगाए । विगतका सरकारहरुले गर्न नसकेको विकास निर्माणका कार्यहरुमा आफुले प्राथमिकतमा राखि शिक्षा, स्वास्थ्य, कृषि, र रोजगारमा क्षेत्रमा गरि रहेको कार्यक्रमहरु विपक्षीलाई अपच भै रहेको समेत बताए । उनले विकास कार्यमा अवरोध सृजन ागर्ने प्रयास भै रहेको तर्फ आम जनतालाई सचेत रहन आग्रह समेत गरे ।
पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशी नेता विश्वनाथ यादव, रविन्द्र प्रसाद यादव ९छोटे०, गापा उप प्रमुख शायदा खातुन, निर्वाचित वडा अध्यक्ष कैलाश यादव, उदय चन्द्र झा सहितका नेताहरुले सम्बोधन गरेका थिए ।