अपडेट 
२०८१ मंसिर १६, आईतवार १४:३३

यू-१९ एसिया कपमा नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेललमा नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको हो।

बंगलादेशले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो।

नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए। उत्तम मगर र अभिषेक तिवारीले २९-२९ रन जोडे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

बंगलादेशका अल फहद, इक्बाल हुसैन इमोन, रिजान हुसैनले २-२ विकेट लिए।

शुक्रबारदेखि सुरू भएको एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो।

सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेल जित्न जरूरी छ।

समूह चरणकै खेलमा  बंगलादेशले अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो।

नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल अफगानिस्तानसँग मंगलबार खेल्नेछ।

कुल आठ टिम सम्मिलित प्रतियोगितामा नेपाल, बंगलादेश, अफगानिस्तान र श्रीलंका समूह बी मा छन्।

समूह ए मा युएई, जापान, भारत र पाकिस्तान छन्।

Comment


Related News

Latest News

Trending News