२०८१ मंसिर १६, आईतवार १८:५५

स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार शान्तिपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न भएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म सबै निर्वाचन स्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।



एक नगरपालिका प्रमुख, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आइतबार उपनिर्वाचन भएको हो ।

उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी रहेका छन् । सोमबार साँझसम्म उपनिर्वाचनको अन्तिम नजिता सार्वजनिक हुने आयोगले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News