अपडेट 
२०८१ मंसिर १७, सोमबार ०७:२१

सशस्त्र प्रहरी बलका सई (प्रहरी सहायक निरीक्षक) लक्ष्मण प्रसाद यादवलाई तस्करहरुले हत्या गरेको छ ।

अवैध मदिरा लिएर भारत तर्फ जान लागेको सुचना पाएर ५ जनाको टोलीसहित यादव घटनास्थलमा पुगेका थिए । अवैध मदिरा बोकेको स्कोरपियोले ठक्कर दिएको थियो । घटना प्रकृति अनुसार सई यादवको नियोजित रुपमा हत्या गरिएको देखिन्छ । सई यादवसँगै रहेका अन्य प्रहरीले स्कोरपियोलाई रोक्ने अथवा त्यसको नम्बर लगायतका पहिचान समेत गर्न आवश्यक महसुस गरेको देखिएन ।

बिहान करिब सवा तीन बजे तस्करीको गाडी रोक्न पुगेका सशस्त्रको टोलीका सईको हत्या हुँदा गाडीको पहिचान समेत गर्न नसक्नु शंकास्पद रहेको एकजना पूर्व प्रहरी अधिकृतले बताए । सिरहाको बरियापट्टी गाउँपालिका–१ स्थित कचनारी छोट्की टोलस्थित सीमा इलाका बोर्डर आउट पोस्ट (बीओपी) बाट सई यादवको कमाण्डमा गस्ती टोली खटिएको थियो । सो बीओपी प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा मातहत पर्छ ।

स्कर्पियोको ठक्करबाट गम्भीर घाइते भएका सई यादवलाई नेपाल रेडक्रस सोसाइटी कचनारी उपशाखाको एम्बुलेन्समा राखी ३ः४५ बजे प्रादेशिक अस्पताल लहान पु¥याइएको थियो। अस्पताल पु¥याएको १५ मिनेटपछि ४ बजे नै सई यादवको मृत्यु भएको सहप्रवक्ता थापाले बताए । घटना भएपछि उक्त स्थानमा नं. ७ गणबाट १७ जनाको सशस्त्र प्रहरीको टोली खटिएको थियो । ४८ वर्षीय सई यादवको सिरहा जिल्लाकै नरहा गाउँपालिका–४ ललभितियामा घर रहेको छ ।

प्रहरीले अनुसन्धानको क्रममा २ जनालाई नियन्त्रणमा लिएको बताए पनि स्कोरपियो भारत तर्फ भागेको र त्यसको नम्बर लगायतको पहिचान हुन नसकेको बताएको छ ।

Comment


Related News

Latest News

Trending News