अपडेट 
२०८१ मंसिर १७, सोमबार ०९:१६

महोत्तरीको मनरा शिस्वा नगरपालिकामा सुशिला ठाकुर मेमोरियल हेल्थ फाउण्डेशन धनुषको आयोजनामा सयौँ थान चुल्होसहित एलपीजी ग्यास सिलिण्डर वितरण गरिएको छ ।

मनराशिस्वामा आइतबार फाउण्डेशनमा नेपाल–भारत मैत्री कार्यक्रम अन्तर्गत दुई हजार थान एलपीजी ग्यास चुल्हो एवं सिलिण्डर वितरण गरिएको छ । सो वितरण कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी लगायतकाहरुको उपस्थितिमा वितरण भएको थियो ।

सो क्रममा मन्त्री तिवारीले जनताको सुविधाका लागि आफू र आफ्नो पार्टी सधैँनेकाम गर्दै आएको र आजीवन काम गरिरहने प्रतिवद्धता व्यक्त गरिन ।

Comment


Related News