अपडेट 
२०८१ मंसिर १७, सोमबार ०९:५८

धनुषाको लक्ष्मीनिया गाउँपालिकामा विगत ४ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर उत्पन्न विवादले उग्र रुप लिएको छ ।

आईतबार लक्ष्मीनिया गाउँपालिका नेपाली कांग्रेस कार्य समितिले पालिकाको कार्यालयमा ताला लगाएको छ । राजनितीक विवादका कारण पालिकाको प्रशासनीय लगायत सम्पूर्ण काम काज ठप्प रहेको छ । प्रमुख प्रशासकीय अधिकृत सर्वजीत कुमार झा हाजिर भएदेखि नै विवाद शुरु भएको हो ।

गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले नेकपा एमालेका नेता रघुवीर महासेठको हस्तक्षेपको कारणले विवाद उत्पन्न भएको जनाएका छन् ।

कर्मचारीहरुले साउन महिनादेखि तलब भत्ता खान पाएका छैन्न भने समाजिक सुरक्षा वितरण कार्यसमेत प्रभावित भएको छ ।

Comment


Related News

Latest News

Trending News