अपडेट 
२०८१ मंसिर १८, मंगलवार ०७:३७

सीताराम विवाहपञ्चमी महोत्सवसहित दूई ठूलो मेलालाई केन्द्रित गरी मधेश प्रदेश सरकारले प्रदेश स्तरीय विशेष सुरक्षा बैठकमा विभिन्न विषयमा छलफल गरिएको छ ।

जनकपुरधाममा सोमबार आयोजित बैठकमा विवाह पञ्चमी महोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने विषयमा बैठकमा छलफल भएको छ ।

पाँच वर्षको अन्तरालमा बाराको गढी माईमा ठूलो धार्मिक मेला लाग्नुका साथै जनकपुरधाममा भारतको अयोध्याबाट सीतराम विवाह पञ्चमी महोत्सवमा सहभागी हुनका लागि करिब पाँच सयको संख्यामा विशिष्ट व्यक्तिहरू सहित जन्ती आउने र लाखौँ व्यक्तिहरू मेलामा सहभागी हुने कार्यक्रम रहेको छ ।

सो बैठकमा दुवै मेला तथा महोत्सवमा आउने भक्तजन तथा आगन्तुकहरूको सुरक्षा प्रदान गर्ने, जोखिम क्षेत्रको पहिचान गरी सुरक्षा व्यवस्था मिलाउने, मेलामा हुने भीडको व्यवस्थापन, चोरी र दुर्घटनाको विषयमा बृहत् छलफल भएको गृह, सञ्चार तथा कानून मन्त्रालयले जनाएको छ ।

त्यस्तै मेला तथा महोत्सवलाई सुव्यवस्थित रुपमा सम्पन्न गर्नका लागि स्थानीय तथा प्रदेशका निकायहरूसँग समन्वय गर्ने विषयमा छलफल भएको मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News