२०८१ मंसिर १८, मंगलवार ०७:४१

सिरहामा मदिरा तस्करद्वारा आइतबार बिहान गाडीको ठक्करबाट मारिएका सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको हत्या प्रकरणमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनको शंकास्पद मृत्यु भएपछि अनुसन्धानका लागि सिरहा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई आइतबार नै नियन्त्रणमा लिइएको र उनीहरुसंग आवश्यक छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सिरहा प्रहरीका प्रहरी उपरीक्षक रमेश पण्डितले गाडी र घटनामा संलग्न भएका व्यक्तिहरुको पहिचान गर्ने काम भइरहेको बताए । उनले भने, ‘ हामीले दुई जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेका छौं ।’

नेपाल भारत सीमाक्षेत्र बडहरीस्थित बेस क्याम्पमा कार्यरत यादवको ड्युटीमा खटिएका बेला आइतबार बिहान ३ बजे बरियारपट्टी गाउँपालिका–१ स्थित कचनारीमा हत्या भएको थियो । नेपाल हुँदै भारततर्फ मदिरा लोड गरी जाँदै गरेको स्कोरपियोलाई रोक्न खोज्दा मदिरा तस्करले उनलाई किचेर सवारी चालकसमेत फरार भएका थिए ।

Comment


Related News