अपडेट 
२०८१ मंसिर १८, मंगलवार १५:३८

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच बेइजिङमा भेटवार्ता भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले केहीबेर अघि राष्ट्रपति सीसँग बेइजिङको देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा  भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग भेटवार्ता गर्नुभएको थियो । सो भेटका क्रममा दुई देशका अधिकारीले नौ बुँदे सहमति/समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

दुवै देशका प्रधानमन्त्रीबिच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

सोमबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली यही मङ्सिर २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Comment


Related News

Latest News

Trending News